
हुलाकी न्यूज, काठमाडौं ३१ जेठ । महिनाव्यापी रिले अनसन थालनी गरेको संघीय गठबन्धनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका पत्राचार गरेका छन् ।
प्रधानमन्त्री ओलीले सबै किसिमका समस्या सरकार वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा आउन आग्रह गर्दै पत्राचार रहेका हुन् ।
प्रधानमन्त्रीले संघीय गठबन्धनको नाममा प्रथम पटक वार्तामा आउन पत्र पठाएको हो । पहिला सरकारले मधेशी मोर्चाको नाममा मात्र पत्र पठाउने गरेको थियो ।
यता, मधेशी मोर्चाले वार्ताका लागि सरकारले उचित वार्ता बनाउन माग गर्दैै आएको छ । ३६ पटकसम्म वार्ता हुँदा कुनै निष्कर्ष नकिस्केको भन्दै सार्थक वार्ताको माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार दशरथ रंगशाला पुगेर नयाँ शक्ति नेपाललाई शुभकामना दिने क्रममा आन्दोलनरत दलहरुलाई वार्ताका लागि पत्राचार गरेको जानकारी दिए ।



