
हुलाकी न्यूज, रङ्गेली (मोरङ) ३० जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा मोरङ्गको रङ्गेलीबाट १५ सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरि फोरममा उनीहरु प्रवेश गरेका हुन् ।
आइतबार रंङ्गेलीमा आयोजित बृहत् पार्टी प्रवेश समारोहमा नेपाली कांग्रेसका कोशिला देवी साह, एमालेका पुष्प न्योपाने, भक्त बहादुर राउत, नेकपा माओवादी केन्द्रका अशोक यादवसहित हजारौंको संख्यामा रङ्गेलीका नेता कार्यकर्ताहरु फोरम प्रवेश गरेका छन् ।
नेपाल सद्भावना पार्टीका वर्तमान जिल्ला अध्यक्ष सदानन्द यादव, सदस्य मो. उस्मान मियाँ समेतले फोरम प्रवेश गरे । पहिचान र संघियता पक्षधरको जारी आन्दोलन जायज रहेकोले उनीहरुले आ–आफ्नो पार्टी परित्याग गरी फोरम प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।
फोरमका पूर्व सभाषद् जयराम यादव, विदेश विभाग अर्जुन थापा र नेता सञ्जय सिंहको विशेष पहलमा रंङ्गेलीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।




a ba upandra ji lay fornay vo ta naramrare