
हुलाकी न्यूज, काठमाडौं ३० जेठ । सत्तारुढ मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को तीन दिवसीय बैठक आजदेखि सुरु भएको छ ।
फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय तीनकुने, सुविधानगरमा आइतबारदेखि अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
गत बैशाख २०–२३ गतेसम्म भएको प्रथम महाधिवेशनपश्चात् फोरम लोकतान्त्रिकको यो प्रथम बैठक हो ।
सो बैठकबाट पदाधिकारीहरु चयन हुने फोरम लोकतान्त्रिकका एक नेताले बताएका छन् ।



