सरु शर्मा, परासी ३० जेठ । प्लास्टिक न्यूनीकरणका लागि कागजका थुँगा बनाउने तीनदिने तालिम सम्पन्न भएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर ५ स्थित आदर्श टोल विकास संस्थाको आयोजना तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमको उद्योग विाणिज्य संघ नवलपरासीका निवर्तमान अध्यक्ष बैजनाथ जैैसवालको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष अराधना भट्टको अध्यक्षतामा एक कार्यक्रम गरि समापन गरिएको हो ।

आदर्श टोल विकास संस्थाका ३० जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा रुपन्देहीका उद्यम विकास सहजकर्ता विश्वजित कोहारले प्रशिक्षण दिएका थिए ।

वातावरण मैत्री टोल बनाउनका लागी प्लास्टिकका झोला न्युनिकरण गरि सोका ठाउँमा कागजबाट बनाइएका झोलाहरुलाई प्रोत्साहन गर्न तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष भट्टले बताइन् ।

समापनको अवसरमा बोल्दै प्रमुख अतिथि एवं ईलाम प्रशिक्षण केन्द्र पश्चिमाञ्चलका अध्यक्ष बैजनाथ जैसवालले महिलाहरुलाई स्वरोजगार बनाउन ईलम प्रशिक्षण केन्द्र पश्चिमाञ्चलले विभिन्न तालिमको आयोजना गरेको बताउँदै अब सो तालिमहरुमा महिलाहरुलाई विशेष प्राथमिकतामा राख्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि रामग्राम नगरपालिकाका सहरी विकास प्रमुख भगौति यादवले तालिमबाट सिकेका ज्ञानलाई निरन्तर अभ्यास गर्न आवश्यक रहेको बताउदै पर्शिक्षार्थिहरुले उत्पादन गरेका विभिन्न बातावरण मैत्रि झोलाको बाजारिकरणका लागी नगरले पहल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.