
हुलाकी न्यूज, इटहरी २९ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लिम्बूवान मुक्ति मोर्चा नेपाललाई आफ्नो पार्टीमा समाहित गराएका छन् ।
पूर्वी नेपालका प्रभावशाली नेता पद्म अधिकारीको नेतृत्वमा रहेको लिम्बूवान मुक्ति मोर्चा फोरममा औपचारिक रुपमै प्रवेश गरेको छ ।
शनिबार इटहरीमा फोरम अध्यक्ष यादवको विशेष उपस्थितिमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पद्म अधिकारीले सिङ्गो पार्टी र नेता तथा कार्यकर्ताको दलबल सहित आफूहरु फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका छन् ।



