
अमरेन्द्र कुमार यादव, धनुषा २९ जेठ । “करु रक्तदान भेटत जिवन दान” मूल नाराका साथ धनुषाधामका युवाहरुले रक्तदान गरेको छ । धनुषा जिल्लाको ऐतिहासिक धार्मिक नगरी धनुषाधाम नगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा करिब ३ दर्जन युवाहरुले रक्तदान गरेका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) र परिवर्तनका लागि युवा समूहले संयुक्त रुपमा आयाोजना गरेको रक्तदान कार्यक्रममा करिब ३ दर्जन व्यक्तिहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी धनुषाको सहजीकरणमा भएको सो कार्यक्रममा राजनीतिक दल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, युवा, विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

जनकपुर क्षेत्र भन्दा बाहिर रहेर रक्तदान कार्यक्रमको आयोजन गरिएको सम्भवत पहिलो पटक भएको ईन्सेकका धनुषा संयोजक विनोद महराको दावी रहेको छ । रक्तदान कार्यक्रमको संयोजन माओवादी केन्द्रका केन्द्रिय सदस्य देवेन्द्र कुमार यादव (दिपक) र हुलाकी न्यूजका विन्द किशोर साहले गरेका थिए ।
कार्यक्रममा रक्तदान गर्नेहरुमा पत्रकार सुदिप कुमार शर्मा, हुलाकी न्यूजका सम्बाददाता अमरेन्द्र कुमार यादव, संजिव कुमार श्रेष्ठ, अमर सिंह राणा, रेशम थारु, आशिक साह, अनिल कुमार साह, भगवान साह ब्रहमदेव यादव, शत्रुधन कुमार साह, मोजिबुल रहमान साह, परिक्षण यादव, प्रेमबहादुर नेपाली, दिप नारायण साह, सरोज यादव, गुलाव चन्द्र यादव लगायतका ३ दर्जन व्यक्तिहरुले रक्तदान गरेका छन् ।



