
हुलाकी न्यूज, वीरगन्ज २९ जेठ । सद्भावना पार्टी वीरगन्ज नगर कार्य समितिको सक्रियतामा आज सद्भावना विद्यार्थी मञ्च र सद्भावना मजदुर मञ्चको नगर समिति गठन गरिएको छ ।
वीरगन्ज आदर्शनगरस्थित टिवडेवाल धर्मशालामा विद्यार्थीहरुको भेलाले ठाकुर राम बहुमुखी क्याम्पसका विद्यार्थी नेता नुरसिद अन्सारीको अध्यक्षतामा ५१ सदस्यीय सद्भावना विद्यार्थी मञ्च बीरगंज नगर कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उज्जवल पटेल, सचिव वीणा अधिकारी, कोषाध्यक्ष असलम अन्सारी, कार्यसमिति सदस्यहरुमा अञ्जनी झा, निरञ्जन पटेल, विजय सर्राफ संजय पटेल, चाँद अन्सारी, श्याम पंडित, संजय ठाकुर, राहुल बैठा लगायत ५१ जनाको नगर समिति गठन गरिएको थियो ।
सद्भावना पार्टी बीरगंज नगर अध्यक्ष एवं चर्चित युवा नेता ओमप्रकाश सर्राफको सभापतित्वमा सम्पन्न विद्यार्थी नगर समिति गठन कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्य एवं विद्यार्थी मञ्चका पूर्व केन्द्रिय अध्यक्ष देवेन्द्र मिश्रा, केन्द्रिय सहमहासचिव अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य नेजामुदिन समानी, पर्सा अध्यक्ष इम्दाद गद्दी, युुवा अध्यक्ष शेख मुन्ना, महिला नगर अध्यक्ष सुनिता रौनियार लगायतकाले शुभकामना मन्तब्य दिँदै अधिकार र पहिचानको लागि भई रहेको आन्दोलनको नेतृत्व युवा र विद्यार्थीहरुले लिनुपर्ने धारणा राख्दै बीरगंजका हरेक क्याम्पसहरुमा संगठन विस्तार गर्नमा जोड दिएका थिए ।
यसैगरि सद्भावना पार्टी निकट सद्भावना मजदुर मञ्च बीरगंज अनिल कुमार बैठाको अध्यक्षतामा १०१ सदस्य बीरगंज नगर समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्ष नुरमहम्मद मिया, सचिव जाकिर मियाँ हजाम, कोषाध्यक्ष गणेश महतो, सहसचिव युनिस मियाँ तेली, कार्यसमिति सदस्यहरुमा प्रयाग बैठा, रविन्द्र राउत, रामचन्द्र महतो, इल्ताफ मियाँ, प्रदिप महतो, भरत महतो, सुरेश नुनिया, नवशाद राम, जय नारायण महतो लगायत १०१ सदस्य मजदुर मञ्च गठन गरिएको छ ।
बीरगंज उपमहानगरपालिका वडा नं. २ छपकैया इदगाह नजिक भएको मजदुरहरुको विशेष भेलालाई सद्भावना पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी, पर्सा अध्यक्ष इम्दाद गद्दि, मजदुर मञ्चका केन्द्रिय सदस्य लालबाबु सिंह, जिल्ला सदस्य अनिरुद्ध कल्वार लगायतकाले शुभकामना मन्तब्य दिँदै आ आफ्नो क्षेत्रबाट जारी आन्दोलनमा सकृय भुमिका निर्वाह गर्न अनुरोध गर्दै नगरको हरेक क्षेत्रमा मजदुर मञ्चको संगठन विस्तारमा लाग्न जोड दिएका थिए ।
सद्भावना पार्टी बीरगंज नगर अध्यक्ष ओम प्रकाश सर्राफको सभापतित्वमा सम्पन्न समिति गठन कार्यक्रममा सद्भावना युवा मञ्च पर्साका अध्यक्ष शेख मुन्नाले सहजीकरण गरेका थिए ।



