
हुलाकी न्यूज, सुनसरी २९ जेठ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव मधेश झरेका छन् । उनले सुनसरीमा पूर्वसभासदसहित सयौं नेता कार्यकर्ताहरु भित्र्याएका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले सुनसरी–५ को लौकही गाविसमा पूर्वसभासद सबिता यादवसहितको एक सयभन्दा बढी नेता कार्यकर्ताहरूलाई टीका लगाएर फोरममा शनिबार पार्टी प्रवेश गराएका छन् ।
फोरम लोकतान्त्रिककी नेतृ तथा पूर्वसभासद यादव, जिल्ला सदस्य रामनारायण पौदारसहित राप्रपा नेपाल, एमाले र कांग्रेस परित्याग गरी समाजवादी फोरममा प्रवेश गरेको समाजावादी फोरमका सुनसरी इञ्चार्ज तथा केन्द्री सदस्य भिम राईले बताए ।
गठबन्धनको तेस्रो चरणको आन्दोलनअन्तर्गत जेठ २५ गतेदेखि रिले अनसन शहिदमञ्चमा जारी छ । गठबन्धनका संयोजक यादव गत बिहिबार दिउँसो मधेश झेरका थिए ।
आजै शनिबार दिउँसो सुनसरीको इटहरीमा पदम अधिकारीको लिम्बुवान पार्टीसँग एकता हुने कार्यक्रममा सरिक हुन अध्यक्ष सुनसरी आएको समेत केन्द्रीय सदस्य राईले जानकारी दिए ।
गत जेठ २६ गते मात्रै एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको शक्तिशाली र विश्वास पात्र मानिने रोतहटका नेता रेवन्त झासहितको दुई दर्जन रौतहट जिल्लाका प्रभावशाली मानिने नेता तथा कार्यकर्ताहरू समाजवादी फोरममा प्रवेश गरेका थिए ।




समाचारका लागि धन्यवाद, गठबन्धनका संयोजक यादव गत शुक्रबार दिउँसो ४ बजेको फलाइटमा मधेस झेरका थिए । गत बिहिबार होइन सच्याउन हुन अनुरोध छ