
हुलाकी न्यूज, काठमाडौं २८ जेठ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।
राउतले आफ्नो अन्तर्वार्ता, विचार तथा आदि सञ्चार माध्यमले प्रकाशन/प्रसारण गरे वापत प्रेस काउन्सिलले मिडियालाई गरेको कारबाहीबारे काउन्सिलका अध्यक्ष कार्कीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
उनले ज्ञापनपत्रमा ‘हाम्रा अभिव्यक्तिहरुलाई गैरसंवैधानिक–गैरकानूनीरुपमा चित्रित गर्नु, त्यसको प्रकाशन–प्रसारणमा रोक अथवा अंकुश लगाउनु जस्ता गतिविधिहरु प्रे काउन्सिलजस्तो जिम्मेवार संवैधानिक निकायबाट हुनु सम्माननीय अदालतको अपहेलना हुने तथा स्वस्थ्य समाज निर्माणका लागि समेत उपयुक्त नहुने हाम्रो ठहर रहेको छ’, उल्लेख गरेका छन् ।




