sarbendra nath shukla
हुलाकी न्यूज, काठमाडौं २८ जेठ । तराई–मधेश लोकतान्त्रिक पार्टीको आसन्न प्रथम महाधिवेशनको तयारी व्यापकरुपमा चलिरहेको दाबी तमलोपाका महामन्त्री तथा सांसद सर्वेन्द्रनाथ शुक्लले दाबी गरेका छन् ।

उनले महाधिवेशन सम्पन्न गर्नका लागि बनाइएका सम्पूर्ण समितिहरुले आ–आफ्नो काम गरिरहेको बताउँदै तमलोपा मात्र नभई समग्र मधेश नै महाधिवेशनमय भएको दाबी गरे ।

नीति तथा कार्यक्रम समिति र अर्थसमितिको संयोजकसमेत रहेका शुक्लले नीति तथा कार्यक्रम समितिको कार्य लगभग सम्पन्न भइसकेको जानकारी गराएका छन् ।

शुक्लका अनुसार तमलोपाको नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र व्यवसाय÷उद्योगमा विशेष नीति ल्याएको छ ।

‘यो पहिलो महाधिवेशन भएकोले यसलाई सकेसम्म सहमतिको अधिवेशन बनाऔं’, शुक्लले भने, ‘सँगसँगै पदाधिकारीमा चाहे सहमति होस् वा निर्वाचन होस्, पदाधिकारी हुने व्यक्ति पनि कार्यसमितिको सदस्यको निर्वाचनमा भाग लिनुपर्छ ।’

साथै शुक्लले वर्षात् मौसमपछि सुरू हुने आन्दोलनको केन्द्रविन्दू मधेशसमेतलाई बनाएर अगाडि बढ्ने धारणा राखेका छन् । ‘हाम्रो यो अधिवेशनमा त्यहीं सन्देश दिन्छौं कि काठमाडौंमा आन्दोलन गर्नुपरे पनि मधेशमा यो केन्द्रित हुनुपर्छ’ मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा शुक्ल सो कुरा बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.