हुलाकी न्यूज, काठमाडौं २९ भदौ । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन आफ नेपालीज तराईएन इन अमेरिका (एनटा) ले पर्सामा प्रहरीद्धारा मारिएका पाच जनाको परिवारलाई सहयोग प्रदान गर्ने भएको छ ।

हुलाकी न्यूजलाई प्राप्त जानकारी अनुसार प्रत्येक परिवारलाई ५० हजार नेपाली रुपैयाँको दरले कुल २ लाख ५० हजार प्रदान गरिनेछ ।

एनटाद्धारा संकलित उक्त रकम नेपाल आईसकेको र केही दिनभित्रै पीडित परिवारलाई प्रदान गर्ने जनाइएको छ । एनटाले विभिन्न समयमा पीडित परिवारहरुलाई सहयोग गर्दै आएको छ । आगामी दिनमा अन्य पीडित परिवारलाईसमेत सहयोग उपब्ध गराईन जनाइएको छ ।

ANTA-logo-terai

यसअघि लण्डनमा रहेका मधेशीहरुले पनि सप्तरीको भारदहमा प्रहरीद्धारा मारिएका राजिव राउतको परिवारलाई सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.