
हुलाकी न्यूज, वीरगन्ज २८ जेठ । श्री राधेमाइ समुदायिक विकास संस्था वीरगन्जको आयोजनामा पर्साको गाविस बगहिमा सातदिने मैनबती तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै समाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रामनरेश यादवले सो तालिमबाट महिलाहरुको आयस्तर वृद्धि हुने बताए ।
यादवले मधेशका महिलाहरु आर्थिक रुपले सम्पन्न भए मात्र समृद्ध मधेशको परिकल्पना गर्न सकिनेमा जोड दिए ।
श्री राधेमाइ सामुदायिक बिकास संस्था बिरगंजका अध्यक्ष लवकुस सिहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा युवा सुचना केन्द्र घडिअर्वा पर्साको सदस्य सचिव सिवनरायण साह, प्रशिक्षकद्वय बिनोद कुर्मी र प्रतिमा देवी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण भिखमपुर जनसामुदायिक बिकास केन्द्रका अध्यक्ष गौरव सन्तोष पटेलले गरेका थिए । युवा सुचना केन्द्र बिरगंजको आर्थिक सहयोगमा संचालित सात दिने मैनबती तालिममा गाबिसको पचिस जना बिपन्न तथा गरिब महिलाहरुको सहभागीता रहेको आयोजक संस्थाका सचीव राजेस कुमार साहले बताए ।



