हुलाकी न्यूज, नेपालगंज, २८ जेठ ।
न्यूज यथार्थ साप्ताहिक पत्रिकालाई लक्षित गरी भइरहेको आक्रमण प्रति प्रेस मञ्चले आपत्ति जनाएको छ । बिहीबार विज्ञप्ती जारी गरी मञ्चले पत्रिकाको कार्यालयमाथि लगातार भइरहेका आक्रमणको निन्दा गरेको छ ।

नेपालगंजबाट नियमित प्रकाशित हुदै आईरहेको प्रेस मञ्च नेपालका केन्द्रिय सह–महासचिव सम्पादक रहेको न्यूज यथार्थ सप्ताहिक पत्रिकालाई लक्षित गरि झण्डै तीन हप्ता अघिदेखि सो पत्रिकाको कार्यालय रहेको भवनमा निरन्तर ढुुंगा, इटा प्रहार भैरहेको छ । पत्रिकाका सम्पादक लगायत निजका परिवार सदस्यहरुलाई अश्लिल गाली गलौज र अक्रमणको धम्कीका कारण उक्त पत्रिका तीन हप्तादेखि प्रकाशन हुन नसेको घटनाप्रति मञ्चको ध्यानाकर्षण भएको छ ।

कार्यालय अगाडीको सडक चौडा गर्ने बहानामा नेपालगंज उपमहानगरपालिकाद्वारा निर्धारित मापदण्ड बिपरित आफ्नो घर कटान गर्न लागेको भन्दै उक्त कार्यालय रहेको भवनमा मालिक अशोक कमुार गुप्ताको निवेदन बमोजिम पुनरावेदन अदालतले घर कटान नगर्न परमाआदेश जारी गरेको हो । त्यस विषयमा मुद्धा बिचाराधिन अवस्थामा रहेको अवस्थामा केहि स्थानीय अराजक समूहले जबरजस्ती घर कटान गर भदैँ निरन्तर अक्रमण र गाली गलौज तथा धम्की दिइरहेका छन् । सम्पादकका दिदी माथि इटा प्रहार गरि घाईते तुल्याइएकोे र पत्रिका प्रकाशनमा अवरोध पु¥याउने कार्य अत्यन्त निन्दनीय र भत्सनीय छ ।

उपमहानगरपाकिलकाद्वारा सडक चौडा गर्ने क्रममा गरेको असमान ब्यवहार र मापदण्ड विपरित गरेको समाचार प्रकाशन गरे वापत उपमहानगरपालिकाद्वारा पूर्वग्रहीपूर्ण ढंगबाट मापदण्ड विपरित पत्रिका रहेको घर कटान गर्न लागेको र सो कटान प्रति चित्त नबुझी अदालतमा बिचारधिन अवस्थामा मुद्धा चलिरहेको अवस्थामा कानुनको सम्मान र फैसलाको प्रतिक्षा नगरि केहि ब्यक्ति र संस्थाको निहित स्वार्थपूर्ण इसारामा जबरजस्ती अक्रमण गर्ने र प्रकाशन समेत बन्द गराउने दुरासय राख्ने कार्यको मञ्चद्वारा घोर भत्र्सना गरेको छ ।

सो अक्रमणको विषयमा पटक पटक स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराउँदा र प्रहरीमा निवेदन दर्ता गराउँदा समेत कुनै सुनवाई नभएकोमा गम्भिर शंका उब्जाएको छ । तत्काल दोसीमाथि कडा कानुनी कारवाही गरि अक्रमण बन्द गराउन र प्रकाशन नियमित गर्ने वातावरण सिर्जना गराउन समेत मञ्चद्वारा स्थानीय प्रहरी प्रशासन सक्षम जोडदार माग गरेका छौं । यसो नगरिएको खण्डमा कडा आन्दोलनमा उत्रन समेत बाध्य हुने समेत जानकारी गराउँछौं । साथै स्थानीय सरोकारवाला संघ संस्थालाई समेत प्रकाशन निरन्तर गराउन तर्फ आवश्यक पहल गरिदिन समेत अनुरोध गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.