deena bhadri
हुलाकी न्यूज, जनकपुरधाम २६ जेठ । नेपालको राष्ट्रिय विभूतिको रुपमा लोक नायक दीनाभद्रीलाई घोषणा गराउनका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ ।

भोरको सहजिकरणमा अभियान थालिएको छ । भोर, अभियानी तथा अनुसन्धानमूलक परोपकारी संस्थाले सन् २००९ देखि नै मुसहर समुदायको समग्र उत्थानलगायत मिथिलाका बहुआयामी संस्कृती सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि र मिथिला पर्यटन स्थापित र प्रवद्र्धन गराउन विभिन्नअभियानीपहलहरु गर्दै आएका छन् ।

दीनाभद्रीलाई राष्ट्रिय विभुति घोषणा गराउन मंगलबारदेखि जनकपुरधामको बारहबिगहा मैदानबाट हस्ताक्षर अयिभान शुरु गरिएको छ ।

राष्ट्रिय मुसहर उत्थान समाज नेपालले जनकपुरधाममा आयोजना गरेको मुसहरहरुको राष्ट्रिय भेलामा नवलपरासीदेखि झापा सम्मका झन्डै १० हजार भन्दा बढी मुसहरहरुले यस हस्ताक्षर अभियानमा सहभागीभएका छन् ।

पुस्तौ देखि चरम गरिबी, अन्याय र बन्चितीमा परेका र नेपालको झन्डै दुइै प्रतिशत जनसंख्या अगोटने मुसहर समुदायको उत्थानक ालागि स्वतस्फूर्त आयोजना भएको भेलामा भोरले दीनाभद्रीलाई नेपालको राष्ट्रिय विभुती घोषणा गराउन हस्ताक्षर अभियान संचालन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.