anasan day2
हुलाकी न्यूज, काठमाडौं २६ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनको रिले अनसनमा समर्थन बढ्दै गएको छ ।

गठबन्धनले मंगलबारदेखि सुरु गरेको रिले अनसनमा विभिन्न पार्टी, नेता, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले समर्थन जनाएका छन् । यसैक्रममा मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराजले अनसनप्रति समर्थन जनाएका छन् ।

यसका साथै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ताधारी दल नेकपा माओवादी केन्द्र र नागरिक समाजका अगुवाहरुले ऐक्यबद्वता तथा समर्थन जनाएका छन् ।

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी, नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादव र नागरिक समाजका अगुवाद्वय दमन नाथ ढुंगाना र डा. सुन्दर मणी दीक्षित खुला मञ्च पुगेर गठबन्धनको रिले अनसनमा ऐक्यबद्वता जनाएका थिए ।

गठबन्धनको रिले अनसन सकारात्मक रहेको भन्दै सरकारले आन्दोलनरत् पक्षको माग सम्बोधन गर्न बाध्य हुने तिनीहरुको भनाई थियो । गठबन्धनका सराहनीय कार्य रहेको समेत टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.