अर्कना खातुन, काठमाडौं, २५ जेठ ।
मंगलबार देखि मुस्लिम समुदायको महान पर्व रमजान अर्थात एक महिना बसिने व्रत शुरु भएको छ । यसलाई रोजा पनि भनिन्छ । आजबाट एक महिनासम्म सूर्योदय भए देखि सूर्यास्तसम्म अन्न र पानी केहि खान र पिउन हुँदैन ।

रोजा ईस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये एउटा महत्वपुर्ण स्तम्भ हो । यो ईस्लामिक क्यलेण्डर अनुसार नवौं महिनामा पर्छ । यो महिनामा भोकै मात्र बस्ने नभई धेरै कुराहरुमा ध्यान पुर्याउनु पर्ने हुन्छ । जस्तैः झुटो बोल्नु हुँदैन, गरिबहरुलाई सक्दो दान दिनु पर्छ, नमाज पढ्नुसँगै सक्दो धेरै कुरान पढिन्छ आदि इत्यादि । रोजा गर्न सक्ने व्यक्ति सबैले अनिवार्य बस्नु पर्ने हुन्छ । यस पवित्र महिनामा आफ्नो मन र तन दुवै पवित्र राख्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.