Kalanki-2
हुलाकी न्यूज, काठमाडौं २४ जेठ । काठमाडौंदेखि आन्दोलन सुरु गरेको संघीय गठबन्धनले भोलि मंगलबारदेखि काठमाडौंको शहीद मञ्चमा रिले अनसन सुरु गर्दैछ ।

गठबन्धनको पूर्वघोषित तेस्रो चरणको प्रथम कार्यक्रमअनुसार जेठ २५ देखि सुरु हुने रिले अनसन अषाढ मसान्तसम्म चल्नेछ ।

रत्नपार्कनजिकै रहेको शहीद मञ्च (खुला मञ्च) मा दैनिक रुपमा झन्डै महिना दिन बढी चल्ने रिले अनसन प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भई साझ ७ बजे धन्यवाद मन्तव्यसहित समापन गरिनेछ । झन्डै ३० जनाको हाराहारीमा गठबन्धनका नेता कार्यकर्ताहरु दैनिक अनसन बस्ने सचिवालयले जनाएको छ ।

पहिलो दिन गठबन्धनका संयोजक उपेन्द्र यादवसहित घटक दलका शीर्ष नेताहरु शहीद मञ्चमा अनसन बस्ने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन् । मंगलबारदेखि सुरु हुने अनसन स्थल व्यवस्थापनका लागि सबै तयारी पूरा भइसकेको श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.