janakpurhu
हुलाकी न्यूज, जनकपुरधाम २४ जेठ । अनियमितरुपमा जनकपुरधाममा हुँदै आएको विद्युत कटौतीविरुद्धमा जनकपुरका युवाहरु लागिपरेका छन् ।

नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले मनोमानीरुपमा विद्युत कटौती गरेको भन्दै रामानन्द चौकमा सोमबार दुई घन्टा चक्काजामसमेत गरेको थियो ।

विद्युत प्राधिकरण केन्द्रका कर्मचारीहरुले जनकपुरको विद्युत अन्यत्र बेचेको समेत आरोप लागेको छ ।

विद्युत कटौती समस्या समाधानका लागि सिडियोले भोली सर्वपक्षीय बैठक बोलाएको मधेश अधिकार संघर्ष समितिले जनाएको छ ।

अनियमित लोडसेडिङ्गबाट जनकपुरलाई मुक्त नगरिए कडा आन्दोलन गर्ने चेतावनीसमेत मासले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.