हुलाकी न्यूज, नयाँ दिल्ली २९ भदौ । भारतको राजधानी नयाँ दिल्लीमा मधेशको समर्थनमा निरन्तर प्रदर्शन हुँदै आएको छ । जन्तर मन्तरमा आन्दोलन सुरु भएलगतैदेखि प्रदर्शन सुरु भएको छ ।
त्यसपछि मधेशी–थारु युवाहरुले दिल्लीस्थित नेपाली दुतावासको अगाडि पनि प्रदर्शन गर्दै आएका छन् । त्यस्तै दिल्लीमा रहेको कुटनितिग नियोगहरुको अगाडि पनि प्रदर्शन जारी रहेको छ ।
यूनाईटेड मधेशीज अफ नेपाललगायतका संस्थाहरुले निरन्तर प्रदर्शन गर्दै आएको छ । प्रदर्शनमा हजारौंको संख्यामा मधेशी थारुहरुको सहभागीता रहने गरेको छ ।
उनीहरुले विभिन्न १५ वटा कुटनितिक नियोगहरुलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
अनिश्चितकालिन धर्ना
सोमबारबाट मिथिलाको अनुपम डेग नामक संस्थाले अनिश्चितकालिन धर्ना सुरु गरेको छ । विजयकुमार झाको संयोजकत्वमा धर्ना सुरु भएको हो ।
मधेश–थरुहटबाट नेपाली सेना फिर्ता नभएसम्म धर्ना जारी रहने जनाइएको छ ।
निरंजन झाले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार विभिन्न सात बुँदे माग राखी अनिश्चितकालिन धर्ना सुरु गरिएको हो ।




