काठमाडौं । देश गरिब भए पनि नेपालमा मन्त्रीहरु निकै धनी छन् ।  मन्त्रीहरुले सम्पत्ति लुकाएर सम्पत्ति विवरण बुझाउँदा पनि मन्त्रीहरुको करोडौंको सम्पत्ति देखिन्छ । हाल मन्त्री परिषद्मा रहेका मध्ये १/२ जनाले मात्र आफ्नो इज्जत राखेर काम गर्न सकेका छन् । अरु सबै आर्थिक विवादमा मुछिएका छन् ।

तर, सम्पत्ति विवरण भने उनीहरुले गत वर्षको तुलनामा नबढेको दाबी गरेका छन् । प्रधानमनत्री सुशील कोइरालाको मोबाइल बाहेक केही सम्पत्ति देखाइएको छैन । उनका आसेपासेहरुले करोडौं सम्पत्ति जोडेका छन् भने प्रधानमन्त्रीसंग गतवर्ष जस्तै मोबाइलबाहेक अरु केही पनि सम्पत्ति नबढेको उल्लेख छ ।

लालबाबुको खातामा ४९ लाख

अहिलको मन्त्रिमण्डलका सबैभन्दा चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभए पनि उनको नगद प्रशस्त देखिएको छ । जग्गा भने मोरङ, सर्लाही र ललितपुरको सैंबुमा छ । एभरेष्ट बैंक र कृषि विकास बैंकमा गरेर उनको ४९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसलाई उनले पैतृक र स्वआर्जन सम्पत्तिका रुपमा उल्लेख गरेका छन् । उक्त रकम मन्त्री हुनुभन्दा अघि देखि नै बचत भएको उनले बताएका छन् । गहनातर्फ १० तोला सुन र १४ तोला चाँदी मन्त्री पण्डितको परिवारसँग छ ।

घरबारविहीन वामदेव

पटकपटक मन्त्री भएका उपप्रधान एवंगृहमन्त्री वामदेव गौतमको कौ घर छैन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । घर नभए पनि उनीसंग प्रशस्त सम्पत्ति भने छ ।

दर्जन कम्पनीमा अर्थमन्त्रीको सेयर

करोडपति मन्त्रीका रुपमा चिनिने अर्थमन्त्री रामशरण महतको श्रीमती रोशनाको नाममा काठमाडौंमा २ वटा घर छन् । धापासीमा एक रोपनी रबुढानिलकण्ठमा २ रोपनी चपलीमा आठ आना, काभ्रेको साठी घरमा १२ रोपनी, नुवाकोटको चौघडामा ६९ रोपनी जग्गा छ । सुनमा पनि उनी धनी मन्त्रीका रुपमा देखिएका छन् । ५९ तोला सुन रहेको उनले उल्लेख गरेका छन् । महतको हिमालयन ब्यांक, स्टाण्डर्ड चार्टडा बैंक, नेपाल बैंक, सत्तगण्डकी बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेमिकमसहितका एक दर्जन जत्ति कम्पनीमा सेयर छ ।

शिक्षामन्त्री यादवको ६ वटा घर

शिक्षामन्त्री चित्रलेखा यादवको पनि सम्पत्ति प्रशस्त देखिएको छ । उनका ६ वटा घर छन् । सिरहामा ३ र ललितपुमार ३ वटा घर छन् । २० लाख बचत र विभिन्न कम्पनीमा सेयर छ ।

त्यस्तै, पर्यटन मन्त्री कृपासुर शेर्पाको ५ वटा घर छन् । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको १७ रोपनीमा क्षेत्रफल भएको जग्गामा आलिसान महल छ । काठमाडौंमा उनका दुईवटा घर छन् ।

भौतिक योजना मन्त्री विपलेन्द्र निधिले धनुषमा पुख्र्यौली सम्पत्ति देखाएका छन् । उनको ६० तोला सुन र १५० तोला चाँदी छ । १० लाख रुपैयाँ नगद रहेको उनले उल्लेख गरेका छन् । पत्नीको नाममा हिमालयन ब्याकंनमा ४० लाख रुपैयाँ राखेका छन् ।

मन्त्री महेश आचार्यको काठमाडौं र मोरङमा एकएक वटा घर छन् । विभिन्न बैंकमा गरी ५६ लाख रुपैयाँ बचत छ ।

सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको काठमाडौंमा १० रोपनी जग्गा तथा विराटनगरमा साढे सात कठ्ठामा बनेको घर छ । उनको पनि विभिन्न कम्पनीमा गरी ५० लाखभन्दा बढीको सेयर छ । मन्जुश्री इन्भेष्टमेन्टमा मत्रै ४४ लाख ७५ हजार रुपैयाँको सेयर छ ।

सिंचाई मन्त्री एनपी सावदको पनि काठमाडौंमा घर छैन । डडेल्धुराको बगरकोट र कञ्चनपुरको भीमदत्तमा उनको घर छ । सुन ४४ तोला, चाँदी १०२ तोला तथा हिराका गहनाहरुसमेत छन् । श्रीमतीका नाममा ६० हजार रुपैयाँ बचत देखाइएको छ। – दृष्टि साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.