हुलाकी न्यूज, जनकपुरधाम २९ भदौ । भदौ २५ गते प्रहरीको गोलीबाट मारिएका तीन जना प्रदर्शनकारीको शव यात्रा चार दिन पछि निकालिने भएको छ । स्थानीय प्रशासन र मधेशी मोर्चाबीच भएको तालमेलमा मंगलबार विहान शव याता निकालिने भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाद्धारा जारी गरिएको विज्ञप्तिमा विहान ११ बजे जनकपुरधामको रंगभूमि मैदान(बारह विगहा)बाट शव यात्रा निकालिनेछ ।

भदौ २५ गते प्रहरीले नियन्त्रणमा लिइ टाउकोमा गोली हानी हत्या गरेका १३ वर्षीय निकु यादव, संजय चौधरी र दिलिप यादवको शव यात्रा निस्किने भएको छ । उनीहरुको शव हाल जनकपुर अञ्चल अस्पतालको शव गृहमा राखिएको छ ।

विहान ११ बजे बारह विगहा मैदानमा शव राखिने र त्यसपछि १२ ः ३० बजेदेखि जुलुस प्रारम्भ गर्दै जानकी मन्दिर, जनक चौक, शिव चौक, भानु चौक, मिल्स एरिया, पिराडी चौक र मुजेलीयामा पुगी अन्त्य हुने मोर्चाले जनाएको छ ।

प्रदर्शनकारी भड्किने संभावना

धनुषाको विभिन्न गाउँबाट प्रदर्शन गर्न जनकपुरधाम आएको दिन प्रहरीको गोलीबाट तीन जना मारिए । उनीहरु जनकपुरधाम प्रवेश गर्न लाग्दा प्रहरीले अन्दाधुन्द गोली चलाएका थिए ।

आज पनि शव यात्रामा सहभागी हुन विभिन्न गाउँबाट सर्वसाधारण आउने भएका छन् । विभिन्न क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता तथा सर्वसाधारणहरु शव यात्रामा सहभागी हुँदैछन् । शव यात्राको क्रममा प्रहरीले सैयंमता नअपनाए प्रदर्शनकारी भड्किने प्रवल सम्भावना छ ।

धनुषाको ग्रामीण क्षेत्रबाट अहिले प्रहरी कार्यालयहरु सारिएको छ । जनताको आक्रोसका कारण प्रहरी कार्यालयहरु जलाइएका छन् । यस अवस्थामा प्रहरीप्रति जनआक्रोस बढेको छ भने जनताप्रति पनि प्रहरी आक्रोसित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.