हुलाकी न्यूज, जलेश्वर २८ भदौ । महोत्तरीको जलेश्वरमा प्रहरीको गोलीबाट मारिएका ६ जना प्रदर्शनकारीको लास अहिले पनि जलेश्वर अस्पताल मै राखिएको छ । लास राख्ने आधुनिक व्यवस्था नहुँदा लासहरु कुहिंदै गन्हाउन थालेका छन् ।

भदौ २३ गते प्रहरीको गोलीबाट जलेश्वर मै तीन जना मारिएका थिए भने आँखामा आश्रुग्याँस लागेका विरेन्द्र विच्छे चापाकलमा आँखा पुछदै गर्दा प्रहरीले घेरेर उनको टाउकोमा माथिबाट गोली हानेको थियो । उनको मृत्यु काठमाडौंको नोर्भिक अस्पतालमा भएको थियो र मरेको दुई दिन पछि मात्र मृतक घोषणा गरिएको थियो ।

विच्छेलाई मृतक घोषणा गरेकै दिन प्रहरीले जलेश्वरमा एक जना महिलाको हत्या गरेको आरोप लाग्यो । रामशिला मण्डललाई प्रहरीले हत्या गरेको स्थानीय नेताहरुको दाबी रहेको छ । सोही दिन साँझ प्रहरीले एक जना बृद्धको आँखामा गोली हानी हत्या गरे । २३ गते मारिएका नातीको दागबत्ती किन्न गएका हजुर बुबाको २५ गते हत्या भयो ।

अहिले छ जना मृतकको शव जलेश्वर अस्पतालमा रहेको छ । सोमबार उनीहरुको दाहसंस्कार गर्ने तयारी थियो । तर आईबार दाहसंस्कार गर्ने स्थानीय प्रशासनले अनुमति दिए पनि सोमबार रोक लगाएको स्थानीय पत्रकार कमलेश मण्डलले बताए ।

शव यात्रा तथा दाहसंस्कारमा सहभागी हुन जलेश्वर पुगेका दुई जना मधेशी नेताहरु त्यही बसेका छन् ।

यता तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले लेखेका छन् ।

प्रभूहरू, तिमी निर्विघ्न संविधान बनाउ, तर हाम्रो शहीदको लाश पोल्न देउ ।
—————————————————————————
तपार्इ संविधान पास गर्दै हुनुहुन्छ, गर्नु होस । तर, शहीदहरूको लाशको सदगत् गर्न नरोक्नु होस । जलेश्वरमा प्रहरीको गोलीबाट ६ जनाको हत्या भयो । गत २३ गते गोली लागेका मध्ये ३ जनाको जलेश्वरमै मृत्यू भयो । थप १ जनाको उपचारका लागि काठमांडू लगिएकोमा २५ गते शुक्रवार त्यही मृत्यू भयो । सोही दिन फेरी जलेश्वरमै भएको गोली कांडमा २ जनाको हत्या भयो । यी ६ जना शहीदको लाश अहिले जलेश्वर अस्पतालमा राखिएको छ ।
हिजो प्रजिअसंग भएको समझदारी अनुसार आज शवयात्रागरी दाह संस्कार गर्न दिने भनिएको थियो । आज त्यसको तयारी भयो । तर, प्रजिअले कर्फ्यू लगाए र माथीको आदेश भन्दै शवयात्रा तथा दाहसंस्कारमा रोक लगाएका छन् ।

सबैलार्इ थाहा छ, जलेश्वर अस्पतालमा शवलार्इ सुरक्षित राख्ने सुविधा छैन । सबै लाशहरू असुरक्षित रूपमा प्लाष्टिकले बेरिएर राखिएको छ । यी लाशहरू कुहिएर गन्हाउन थालेका छन् । तर, सरकारले सदगत् गर्न दिएको छैन । यो घोर अधर्म भएको छ ।

यो देश अब तपार्इको मात्र भएको छ । शासन अब तपार्इहरू कै हुनेछ । संविधान जारी भएपछि तपार्इ मानवबाट उन्नत भएर श्रृष्टिकर्ता बन्न पुग्नु हुनेछ । हामीलार्इ मान्नै पर्ने हुन्छ । त्यो नागरिकताको चिर्कर्ट नखोसुञ्जेल नेपालका मधेसी भनि रहन्छौ । भनिन्छ, वेदना असिमित र असह्य भएपछि दुख्दैन । अहिले नै दुख्न छोडेको छ, थप दुःखार्इ पनि हुन्न । शायद हामी मन भित्रै रोएपनि भारत, चीन कोही सुन्ने छैनन् । चन्द्रगिरी पहाडको डाडां पारी त हाम्रो आर्तनाद पुग्दैपुग्दैन् । प्रभुहरू, तैपनि हामी यही भूमिमा रहन्छौ । अहिलेलार्इ विन्ती छ, सरकार शहीदको लाश पोल्न देउ ।
–जय प्रकाश गुप्ता

2 COMMENTS

  1. woye harami kochodal pahidiya ek bap ke chodal bade ta bina goli banduk ke sahara lewal chod ke mard ke tarah nihatha takarar kar,
    tera chinese bap vi nahi pahchan payega,
    .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.