हुलाकी न्यूज, काठमाडौं २८ भदौ । यस वर्षको तिज मधेशी महिलाहरुले बहिस्कार गर्ने भएको छ । मधेशमा नेपाल सरकारले हत्या हिंसा मचाएको भन्दै धेरै मधेशी महिलाको सिउँदो पुछिएको अवस्थामा तिज मनाउन नहुने उनीहरुको निस्कर्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टीकी नेतृ चन्दा चौधरीले हुलाकी न्यूजलाई बताईन ।

यता सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी संयुक्त लोकतान्त्रिक मधेशी महिला मोर्चाले तिज बहिस्कार गर्न सम्पूर्ण नेपाली दिदी–बहिनीहरुलाई अपिल गरेको छ ।

पत्रकार सम्मेलनमा मधेशमा आन्दोलनकारीको हत्या पछि समाज शोकाकुल बनिरहेको अवस्थामा पर्व मनाउन नसकिने जानकारी गराइएको छ ।

सम्मेलनमा महिला नेतृहरुले मधेशमा निर्मम दमनसहित राज्य पक्षबाट हत्या भईरहेको, महिला बालबालिकामाथि दुब्र्यवहार र मानसिक यातना दिने काम भईरहेकोले त्यस्तो कार्य तत्काल रोक्नसमेत माग गरेका छन् ।

महिला नेतृहरु चन्दा चौधरी, रेखा यादव, राधा कायस्थर, विनिता यादवले धेरै मधेशी महिलाहरुको सिउँदो पुछिएको अवस्थामा खुसी मनाउन नसकिने भएकोले तिज बहिस्कार गर्नु परेको बताए ।

उनीहरुले मधेशी जनताले आफ्नो जायजमाग अघि बढाईरहँदा राज्य कानमा तेल हालेर बसेको भन्दै तत्काल माग पुरा गर्न आग्रहसमेत गरे ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.