Sarita_giri_status
हुलाकी न्यूज, काठमाडौं १५ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मृत्यु भएको टिप्पणी नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले गरेकी छन् ।

शनिबार आफ्नो फेसबुकमार्फत गिरीले मधेशी मोर्चाका नेताहरुले मधेश आन्दोलनलाई काठमाडौंमा विर्सजन गरेको बताएकी छन् ।

उनले शुक्रबार मधेशी मोर्चाका नेताहरुले आन्दोलनलाई विर्सजन गरेर मधेशीहरुको शिर निहुर्याएको टिप्पणी गरेकी छन् ।

उनले मधेश अझै उपनिवेशको सिकार रहने टिप्पणी गर्दै मोर्चाका नेताहरुसँग मधेशी जनताले सहादतको हिसावकिताव लिने बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.