
तुलानारायण साह
मधेश आन्दोलनको तीन पक्षहरु छन् ।
पहिलो, राजनीतिको ।
दोस्रो, सामाजिक, आर्थिक र भौतिक बिकासको ।
तेस्रो, अन्तर्राष्ट्रिय सम्बन्ध (खासगरी भारत र चीनसँगको सम्बन्ध)को ।
मधेशमा आन्दोलन शुरु हुनासाथ काठमाडौंमा मधेशी दलहरूको भारतसँगको सम्बन्धलाई लिएर राष्ट्रियताको खुबै कोलाहल शुरु हुन्छ । मधेश आन्दोलनलाई अनेक प्रकारले आरोपित गरिन्छ ।
ठीक त्यसैगरी मधेशी समाजमा विद्यमान सामाजिक समस्याहरु (जातीय, लैङ्गिक, सम्प्रदायीक)लाई लिएर जारी आन्दोलनलाई आरोपित गर्ने प्रयास गरिन्छ । के त्यस्तो अवस्थाको लागी दशवर्ष यताको मधेश आन्दोलन दोषी कि सदियौंदेखिको राज्य र शासनरशासक पनि दोषी ?
एक दसक यता हामी हाम्रो समाजमा व्याप्त राजनीतिक समस्या समाधानका लागि नयाँ संविधान निर्माणमा जुटेका छौं । त्यसैले मधेश आन्दोलन पनि अहिले राजनीतिक मुद्दामा केन्द्रित छ । त्यसको संबैधानिक समाधान चाहेको छ ।
ती समस्या समाधान हुने हो भने शासक समुदायले खाईपाई आएको सुविधा कटौती हुनेछ । त्यसता मित्रहरु र तिनीहरुमाथी आश्रित मधेशीहरुले पनि अहिले मधेश आन्दोलनलाई सत्तोसराप गर्नमा आफ्नो उर्जा खर्च गर्दै छन् ।
समाजिक समस्या पहाडमा पनि छन् तर त्यसको चर्चा यति बेला गरिदैँन । किन ? त्यसैले मधेश आन्दोलन अहिले राजनीतिक कुरा नै गर्ने हो, संबैधानिक सामाधानकै मांग गर्ने हो । राजनीतिक समस्या समाधान भएपछि सबै मिलेर सामाजिक समस्या समाधान गर्ने हो ।
साहको फेसबुकबाट / कभर फोटो : मधेशीहरुले निर्माण गरेको हुलाकी मानव सांलो



