
हुलाकी न्यूज, काठमाडौं १४ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले तीन महिनासम्म रिले अनसन गर्ने निर्णय गरेको छ ।
सदभावना पार्टीका उपाध्यक्ष एवं संसद नरसिंह चौधरीले हुलाकी न्यूजसँग कुराकानी गर्दै अवको तीन महिना वर्षातको मौसम रहेकोले तीन महिनासम्म रिले अनसनको कार्यक्रम गर्ने निर्णय भएको बताए ।
चौधरीले यसका विस्तृत खाका तयार गर्न गठबन्धनको सचिवालयलाई जिम्मेबारी दिइएको बताए ।
चौधरीका अनुसार काठमाडौंसहित विभिन्न जिल्लामा रिले अनसनको कार्यक्रम गरिनेछ । जेठ १७ गतेबाट रिले अनसन सुरु हुनेछ ।
यता गठबन्धनलाई विस्तार गर्ने विषयमा पनि छलफल भएको चौधरीले बताए । उनले वार्ताको सन्र्दभमा संघीय गठबन्धनको नाममा पत्र नआएसम्म वार्ता बारे कुनै छलफल हुने बताए ।
चौधरीले बैठकमा शिर्ष नेताहरु अनुपस्थित रहेकोले ठोस निर्णयहरु लिन नसकिएको गुनासो गरे । file photo



