हुलाकी न्यूज, काठमडौ २८ भदौ । पर्सा र रौतहटको विभिन्न स्थानबाट मधेशवादी दलका ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा केन्द्रीय नेताहरुदेखि जिल्लाका नेताहरुसमेत रहेका छन् ।

पर्सामा आन्दोलनको नेतृत्व गर्ने जिल्ला अध्यक्ष तथा जिल्ला नेताहरुलाई पक्राउ गरिएको छ भने रौतहटमा पनि केन्द्रीय नेताहरुलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले मागसमेत गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा जिल्लाका फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शशी कपुर मियाँ, नेकपा माओवादीका छोटेलाल यादव, राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, नेपाल समाजवादी पार्टी लोहीयावादीका केन्द्रिय अध्यक्ष नन्दन यादव, संघीय समाजवादी फोरम नेपालका नेता किशोरी यादव, नेपाल सदभावना पार्टीका नेता अनिरुद्र सिंह, महिला नेतृ मुन्नि श्रीवास्तव पक्राउ परेका छन् । त्यस्तै नेताहरु नुर आलम अन्सारी, सीता पटेलसहित २५ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

त्यसैगरी रौतहट जिल्लाका गौरबाट संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय रामेश्वर यादव र रामकिशोर यादव, तराई–मधेश लोकतान्त्रिक पार्टीका नेता अनिल सिंह, सदभावना पार्टीका शेष जमशैद, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता गरी ५ जनालाई पक्राउ परेका छन् ।

पक्राउ परेका नेताहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय पर्सामा राखिइएको छ ।

यता थर्ड एलायन्सका मानवअधिकार अधिकृत रक्षाराम हरिजनद्धारा जारी अपिलमा प्रहरीले आन्दोलनको क्रममा गैरकानुनी तरिकाले पक्राउ गरेको आन्दोलनकारीहरुलाई तत्काल रिहा गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.