janakpur
हुलाकी न्यूज, जनकपुधाम १४ जेठ । जनकपुरमा भइरहेको गुणस्तरहीन कार्यप्रति युवाहरु सचेत देखिएका छन् ।
जनकपुरको अंगराज सागरमा घाट गुणस्तरहीन निर्माण भईरहेको सन्दर्भमा आन्दोलित बनेका स्थानीय जानकी युवा क्लब र सम्बन्धीत निकायबीच तीन बँुदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा बिहीबार प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चपागाई, भवन तथा शहरी डिभीजन  कार्यालय प्रमुख गङा प्रसाद यादव र जानकी युवा कल्व का पदाधिकारीहरुबीच घाट गुणस्तरयुक्त निर्माण गर्ने विषयमा तीन बँुदे सम्झौता भएको युवा क्लवले जनाएको छ ।

अरगजा सागरमा त्रुटिपूर्ण तरिकाले निर्माण भईरहेको भागलाई भत्काउने, दक्ष जनशक्ति भएको मिस्त्रीसंग घाट निर्माण गराउँने र ठीकेदारलाइ चेतावनी स्वरुप पत्राचार गर्नुकोसाथै प्रमुख जिल्ला अधिकारीले संयुक्त अनुगमन गर्ने लगायतको तीन बँुदे सम्झौता भएको जानकी युवा क्लबका सल्लाहकार सुशील कर्णले जानकारी दिएका छन् ।

स्थानीय मिथिलाञ्चल विशेषका अनुसार बिहीबार विहान स्थानीय जानकी युवा क्लबको अगुवाईमा स्थानीयहरुले अरगजा सागरमा घाट गुणस्तरहीन निर्माण भईरहेको विरोधमा विहान जानकी चोकमा एक घण्टा चक्का जाम गरेपछि प्रशासनले सम्बन्धीत पक्षहरुलाई छलफलको लागि बोलाएको थियो ।

सहरी डिभीजन कार्यालय जनकपुरबाट ८६ लाखमा उक्त सागरमा  घाट निर्माणसंगै सौन्दर्यकरणको ठेक्का कमल कन्ट्रक्सनले लिएको छ । ठेकेदार राजकिशोर महतोको कमल कन्ट्रक्सनले काम गुणस्तरहीन गर्न थालेको स्थानीयहरुको आरोप छ ।

अंगराज सागरको पूर्वी र उत्तरी छेउमा भईरहेको घाट निर्माणको काममा चारलाईन ईट्टा थप्नु पर्नेमा ठेकेदारले तीन लाईन मात्र प्रयोग गर्ने गरेको स्थानीयबासीसमेत रहेका क्लबका सल्लाहकार सुशील कर्णले गुनासो गरेका छन् । जगको माटो मिलाउँनु पर्नेमा त्यसो नगरी जेनतेन काम गरी अनियमितता गर्न खोजेको उनले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.