
हुलाकी न्यूज, बारा जेठ १३ । बाराको वरियारपुरमा अज्ञात समूहले कारमाथि गोली प्रहार गरी एक उद्योगीको अपहरण गरेको छ ।
बिहीवार साँझ वरियारपुरबाट वीरगञ्जतर्फ आउँदै गरेका बेला अज्ञात समूहले पसहा खोलानजिक बा. १० च ७२४० नम्बर कारमा गोली प्रहार गरी उद्योगी सुरेश केडियाको अपहरण गरेको हो । गोली प्रहारबाट जीपका चालक पर्सा बिन्दवासिनी– २ का श्याम–उमेश साह कानु घाइते भएका छन् ।
कन्चटमा गोली लागेको साहको अवस्था गम्भीर छ । उनको चितवनमा उपचार भइरहेको छ ।
वीरगन्ज उपमहानगरपालिका–७ का ५६ वर्षीय सुरेश केडिया सद्भावना पार्टीका सांसद् विमल केडियाका दाई हुन् ।
अपहरणकारीले केडियालाई भारततर्फ लगेको प्रहरीले अनुमान गरेको छ ।



