
हुलाकी न्यूज, काठमाडौं १३ जेठ । बुद्ध जयन्तीका दिन लुम्बिनीबाट पक्राउ परेका मधेशीहरुलाई प्रहरी हिरासत भित्र दिइएको यातनाप्रति मधेशी युथ थिंकटैकको ध्यानाकर्षण भएको छ । साथै सिंहदरबारमा रत्तरंग छेप्दा प्रहरीले पक्राउ गरेकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
पत्रकार शेषनारायण झालाई प्रहरीले हिरासतमा लिएकोमा भन्दै प्रेस स्वतन्त्रताको हनन् भएको थिंकटैकको निष्कर्ष रहेको छ ।
थिंकटैकका अध्यक्ष डा. बिनय पंजियारले प्रेस स्वन्त्रता र मानबअधिकार संरक्षणको लागि मधेशी युवाहरु सदैब तयार रहेको बताउँदै यस्तो घटना निन्दनीय रहेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले लुम्बिनीबाट पक्राउ परि हिरासतमै अनसनरत २० जना स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुको स्वास्थ्य अवस्था पनि गम्भीर हुदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मधेशी युथ थिंकटैकले बिज्ञप्तिमार्फत अनसनरत सबैको कुरा सुन्न र झुटो मुद्दा खारेज गरि तुरुन्त रिहा गर्न माग गरेको छ ।
थिंकटैकका उपाध्यक्ष रियाज साफीले सिंहदरबार घटनामा खेलेको भूमिकाको सराहना पनि गरिएको छ ।
त्यस्तै विज्ञप्तिअनुसार मधेशी विद्यार्थी फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष कपिलेश्वर यादवले पनि उक्त घटनाहरुप्रति चिन्ता व्यक्त गरेका छन् । उनले लोकतन्त्रमा राज्यले यसकिसिमको भुमिका देखाएकोप्रति आक्रोस व्यक्त गर्दै प्रहरी हिरासतमा रहेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।



