Kalanki-1
हुलाकी न्यूज, काठमाडौं १३ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनको काठमाडौं केन्द्रीत आन्दोलनले विहीबार १३ दिन पुरा गरेको छ । १३ औ दिनमा काठमाडौंको कलंकीमा प्रदर्शन गरिएको छ ।

दिउँसो दुई बजे सोल्टी मोडबाट सुरु भएको विरोध रैली कलंकी चौकमा पुगेर विरोध सभामा परिनत भएको थियो । दिउँसो चार बजेदेखि विरोध सभा सुरु भएको थियो । यातायात व्यवसायिहरुले सार्वजनिक यातायातबन्द गरेका कारण रिंग रोडको बीचमै गठबन्धनले कार्यक्रम गरेको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै गठबन्धनका नेता शरत्सिंह भण्डारीले जारी आन्दोलनलाई कमजोर ठान्ने भूल नगर्न सरकारलाई चेतावनी दिए ।

‘राज्य र अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिन हामीले सांकेतिक रुपमा सिंहदरबार र वालुवाटार घेराऊ ग¥र्यौ’– भण्डारीले भने, ‘मुलुकका सबै उत्पीडित समुदाय मिश्रित यो आन्दोलनलाई बेवास्ता गरे परिणाम ठीक हुन्न ।’

गठबन्धनले शुक्रबार भक्तपुरको मध्यपुर ठिमीस्थित शंखधर साख्वामा चोकमा विरोध सभा गर्नेछ । यसअघि सिंहदरबार र वालुवाटार घेराऊ पछि गठबन्धनले राजधानीको प्रभावकारी ८ स्थानमा विशाल विरोध प्रदर्शन गरिसकेको छ ।

Kalanki-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.