Free_madhesh-1
हुलाकी न्यूज, काठमाडौं १३ जेठ । प्रहरी हिरासतमा कार्यकर्ताहरुलाई यातना दिएको भन्दै स्वतन्त्र मधेश गठबन्धनले विहीबारबाट प्रदर्शन सुरु गरेको छ ।

बुद्ध जयन्तीका दिन लुम्बिनीबाट पक्राउ परी भैरहवामा प्रहरी हिरासतमा रहेका २० जना कार्यकर्ताहरुमाथि प्रहरीले यातना दिनुका साथै गैरमधेशी थुनुवाहरुबाट कुटपिट गराएको भन्दै गठबन्धनले प्रदर्शन सुरु गरेको हो ।

प्रहरी हिरासतमा रहेको कार्यकर्ताहरु आमरण अनसनमा बस्दै आएका छन् भने उनीहरु मध्ये अधिकांशको स्वास्थ्य अवस्था नाजुक रहेको मानव अधिकारकर्मीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

उनीहरुलाई तत्काल रिहा गर्नु पर्ने माग राख्दै प्रदर्शन थालिएको गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महतोले हुलाकी न्यूजलाई बताए । महतोका अनुसार विहीबार यसअघि प्रहरी हिरासतबाट छुटेका ११ जनालाई स्वागत पनि गरिएको छ ।

प्रहरी हिरासतमा रहेका २० जनालाई पुनः १० दिनको म्याद थप गरिएको गठबन्धनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनीहरु आइतबारदेखि नै आमरण अनसनमा छन् ।

Free_madhesh-3

गठबन्धनको विज्ञप्तीमा भनिएको छ, ‘हिरासतमा रहेका समर्थकहरुमाथि प्रहरी तथा गैरमधेशीले कुटपीट गरेका कारण तथा अनेक यातना दिएका कारण तिनीहरु पटक–पटक अचेत हुने गरेका छन्, र तिनिहरुलाई पटक–पटक अस्पताल लगेर उपचार गराउनु परेको छ ।

त्यसैक्रममा सुदर्शन लोहार, रामदास बनिया र चन्द्र शेखर सुनारमाथि हिरासतमा आक्रमण हुँदा र उहाँलाई प्रहरी कै अगाडि गैरमधेशी कैदीद्वारा पिटनाले उहाँ सख्त घाइते हुनु भई अस्पतालमा भर्ना गरिएको थियो, भने बुधवार दिलीप यादव, इरफान शेखलगायत वेहोश हुनाले भैरहवाको भीम अस्पतालमा भर्ना गरिएको थियो ।’

विज्ञप्तिअनुसार ८ गते शनिबार नै सर्लाहीको सिसौटियामा गाउँमा सरसफाई अभियानको विषयमा छलफल गर्न जुटेका बखत पक्राऊ परेका १२ जना स्वतन्त्र मधेश समर्थकहरू मलंगवामा प्रहरी हिरासत मै छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धान गर्न १० दिनको म्याद थपिएको छ ।

लुम्बिनीबाट गिरफ्तार सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएकाहरुको नाम विवरण (हाल हिरासत मै, म्याद थप):

१. भगवानदास वनिया , जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २२
२. प्रकाश यादव, जि.नवलपरासी रामग्राम न.पा.वार्ड नं. ४ बस्ने बर्ष ३५
३. विजयनाथ यादव, जि.नवलपरासी रामग्राम न.पा.वार्ड नं. ४ बस्ने बर्ष ५२
४. सुर्दशन वि.क, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २२
५. धर्मेन्द्र गुप्ता, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २५
६. चन्द्र सेखर सुनार, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं १ बस्ने बर्ष ३१
७. राम केश गुप्ता, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नंं २ बस्ने बर्ष २३
८. अजित सिंह, जि.कपिलवस्तु पथरदेइया २ बस्ने बर्ष २४
९. मनोज कुमार यादव, जि.कपिलवस्तु पकडी २ बस्ने बर्ष ३०
१०. जितेन्द्र चौधरी, जि.कपिलवस्तु विठुवा बस्ने बर्ष २६
११. रामभवन हरिजन , जि.कपिलवस्तु विजुवा ४ बस्ने बर्ष ३०
१२. योगेन्द्र चौधरी, जि.कपिलवस्तु महाराजगंज ३ मा बस्ने बर्ष ३१
१३. विजय यादव, जि.रुपन्देही पटखौली बस्ने बर्ष २ बस्ने बर्ष २२
१४. दिलिप यादव, जि.रुपन्देही दयानगर ४ बस्ने बर्ष ३२
१५. लिला प्रसाद पाल, जि.रुपन्देही मानमटेरीया ६ बस्ने बर्ष २४
१६. भोपेन्द्र यादव, जि.रुपन्देही पोखरभिण्डी ४ बस्ने
१७. अब्दुल खान, जि.वर्दिया मोहम्दपुर बस्ने बर्ष ३०
१८. इर्फान सेख, जि.वाँके र्मिमिनवा बस्ने बर्ष ३०
१९. शिवचरण केवट, जि.रुपन्देही छोटकी रामनगर ४ बस्ने बर्ष २६को
२०. राम आशिष बनिया, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष ३२
लुम्बिनीबाट गिरफ्तार मध्ये रिहा गरिएका (आइतबार साँझ ७ः०० रिहा गरिएको, ३२ घण्टा सम्मा गैरकानुनी थुना तथा पक्राउ ):
१. जगन्नाथ यादव, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. ३ बस्ने बर्ष १८
२. शिवशंकर लोध , जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष १८
३. शिवचन्द्र पाल, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष १६
४. जुगानी लोध, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. १६ बस्ने बर्ष २७
५. शिवचन्द्र पासी, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष १६
६. सुरेश लोध, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष १८
७. विजय कुमार लोध, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष १८
८. मनोज कुमार गुप्ता, जि.रुपन्देही लुम्बिनी न.पा.वार्ड नं. २ बस्ने बर्ष २०
९. सुन्दर यादव, जि.रुपन्देही गा.बि.स. सुर्यपुरा वार्ड नं. ९ बस्ने बर्ष २०
१०. विरेन्द्र मौर्या, जि.रुपन्देही गा.बि.स. असुरैना वार्ड नं. ५ बस्ने बर्ष १६
११. जुगानी लोध, जि.रुपन्देही गा.बि.स. असुरैना वार्ड नं. ८ बस्ने बर्ष २७
सर्लाहीबाट गिरफ्तार (हाल हिरासत मैं, ७ दिन म्याद थप):
१. धर्मलाल राय -सर्लाही – हरैया -उमेर अन्दाजी -४५
२. रवीन्द्र मण्डल -सर्लाही – सिसैटीया – ७- उमेर अन्दाजी २९
३. राजेंद्र राय – सर्लाही – पिडारी- उमेर अन्दाजी -३३
४. शम्भु कुमार यादव -सर्लाही – मलंगवा -१ उमेर अनदाअन्दाजी जी -२७
५. सुरेश राय -सर्लाही – मलंगवा -१० उमेर अन्दाजी -३५
६. पवन ठाकुर – सप्तरी – तिलाठी – उमेर – ४२
७. उपेन्द्र राउत – सर्लाही – सुन्द पुर सुकगचैना – उमेर अन्दाजी – ५५
८. होस नरायण पटेल -सर्लाही – सिसैटीया – ७ उमेर अन्दाजी २७
९ दिनेश राय – सर्लाही महनपुर -उमेर अन्दाजी ३०
१०. रंगीलाल ठाकुर -सर्लाही – महनपुर – उमेर अन्दाजी -३५
११. सुनील कुमार झा सर्लाही -खैर्वा -२ -उमेर -२८
१२. विजय यादव सर्लाही – मदनपुर – उमेर अन्दाजी -३०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.