Tharu-Masal-Juluss
लखन चौधरी, कैलाली १३ जेठ । छुट्टै प्रदेशको माग राखी आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन कैलालीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। दुई आन्दोलनरत पक्षले संयुक्तरुपमा धनगढीमा पत्रकार सम्मेलन गरी आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मलेनमा संघर्ष समिति कैलाली प्रवक्ता माधव चौधरीले तराई क्षेत्रमा लामो समयसम्म थरुहट र मधेस आन्दोलन भएपनि सुनुवाई नहुन विडम्बना भएको बताए। आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउन र गम्भीर बनाउन कैलाली जिल्लामा विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने निर्णय भएको जानकारी दिए।

प्रवक्ता चौधरीले जेठ १७ गते जिल्लास्थित धनगढी, टीकापुर, बलिया, सुखड र मसुरियामा मसाल जुलुश प्रदर्शन गर्ने बताए। त्यस्तै, जेठ १९ गते हसुलियामा, २१ ग्ते मसुरियामा, २३ गते जोशीपुरमा, २४ गते सुखडमा, २५ गते बलियामा, २७ गते टीकापुर र २९ गते धनगढीमा विरोध सभा गर्ने संघर्ष समितिले जनाएको छ।

केही दिन पहिले थरुहट केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरु निष्कासित भए, जसले गर्दा संघर्ष समितिभित्रै तिब विवाद रहेको पुष्टि गर्‍यो नि भन्ने पत्रकारको जिज्ञासामा पूर्व सभासद तथा रानाथारू संघर्ष समितिका संयोजक मालामति रानाले सहमति/विमति राख्न पाउनु वैक्तियक स्वतन्त्रता रहेको बताइन्। केन्द्र स्तरमा केहि विवाद रहेको स्वीकार गर्दै उनले जिल्लास्तरमा भने सबै आन्दोलनरत पक्ष एक ढिक्का रहेको दावी गरिन्।

त्यस्तै, केन्द्रीय संघर्ष समिति र संघीय गठबन्धनबीच समन्वय नभएकै कारण आन्दोलनको सुनुवाई नभएको हो? भन्ने अर्को जिज्ञासामा प्रवक्ता चौधरीले आफुहरुको मुद्धा र मागवारे प्रमुख दल र राज्य गैरजिम्मेवार भएकोले सुनुवाई नभएको बताए। आफुहरुको माग र मुद्धाको प्रकृति अनुसार आन्दोलन लामो भएको बताउँदै उनले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने पनि उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.