Badri_neupane
हुलाकी न्यूज, काठमाडौं १३ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले बन्द हड्ताल जस्ता आन्दोलन गरे प्रतिकार गर्ने चेतावनी चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले दिएको छ ।

विहीबार काठमाडौंस्थित रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन नै गरी चुरे भावरले प्रतिकार गर्ने चेतावनी दिएको हो ।

अध्यक्ष बद्री न्यौपानेले फेरि पनि अनिश्चितकालिन बन्द र नाकाबन्दी जस्ता कार्यक्रम ल्याए त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।

उनले भने,‘मधेश वा अरु कुनै नाममा फेरि पनि जनतालाई दुख दिने काम गरे हामी प्रतिकारमा उत्रन्छौ । तपाईहरुका सांसदलाई संसदमा सुताउनुस, उतै आन्दोलन गर्नुस, जनतालाई दुख दिन नआउनुस् ।’

राष्ट्रियता र स्वाधिनता रक्षाको विषयमा सबै राजनीतिक पार्टीसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्दै अध्यक्ष न्यौपानेले जनतालाई दुख दिने र जातीय द्धन्दमा मुलुकलाई लगेर आफ्नो अभिष्ट पुरा गर्न खोज्नेहरुको विरुद्ध उत्रने स्पष्ट पारे ।

उनले भने,‘राष्ट्रिय एकता, सार्वभौमसत्ता, स्वाधिनताकोलागि र जातीयता, साम्प्रदायिकताको बिरुद्धमा सधै लड्न तयार छौ ।’

उपेन्द्र यादवलाई चेतावनी

मुलुकलाई द्धन्दमा फसाउने र विभाजन गर्ने जस्ता कुरा नबोल्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई न्यौपानेले चेतावनी दिएका छन् ।

चरे भावरले पत्रकार सम्मेलन गरेर यादवले नश्लबादको कारण भारत तीन र जर्मन दुई टुक्रा भएको उदाहारण दिदै नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने भनि दिएको अभिब्यक्ति प्रति आपत्ति प्रकट गदै चेतावनी दिइएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष बद्री प्रसाद न्यौपानेले भने,‘ उपेन्द्र यादव कहिले मुलुकमा गृहयूद्ध हुन्छ भन्छन, कहिले नश्लबादी सोचका कारण भारत र जर्मन जस्तै मुलुक विभाजन हुन्छ भन्छन । यो के भनेको, हामी सचेत गराउन चाहन्छु, यस्तो बोल्नेलाई हामी छाड्दैनौ ।’

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.