
हुलाकी न्यूज, कलैया १२ जेठ । जिल्ला बिकाश समिति कार्यालय बाराले कार्यालयसँग सम्बन्धित सुचना दिन अस्वीकार गरेको छ ।
बारामा सञ्चालित बिभिन्न कार्यक्रमहरुमा नितिगत भ्रष्टाचार बढेको भनि जिल्लाबासीहरुबाट गुनासो आईरहँदा सो बारे बुझ्न आवश्यक सुचना मांग गर्नका लागि निवेदन दर्ता गराउन जादा सुचना अधिकार भरत यादवले सुचना दिन नमिल्ने भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेका छन् ।
हुलाकी न्यूजका पत्रकार संजय तिवारीले जनचासोको सो बिषयलाई मिडियामार्फत उठान गर्न तथ्य संकलनका लागि माग गरेको साधारण सुचनासमेत सुचना अधिकारीले दिन नमान्दा तिवारीले हुलाकमार्फत सो निवेदन जिबिस बारामा पठाएका छन् । उनले निबेदनको बोधार्थ राष्ट्रिय सुचना आयोग र संघीय मामिला तथा स्थानिय बिकाश मन्त्रालयमा समेत पठाएका छन् ।
जिल्ला बिकाश समिति बारामार्फत आर्थिक वर्ष २०७२÷०७३ मा लक्षित वर्गका लागि बांडिएको करीब १ करोड ४६ लाख रुपयाँ कमिसनका भरमा जिबिसका केही कर्मचारीहरुको मिलेमतोमा बितरण गरेको आरोप छ । जनगुनासोलाई समाजमा उदाङ्घो गर्न मागिएको सुचना सम्बन्धित कर्मचारीले नै दिन अस्वीकार गरेपछि आफुले हुलाकबाट निवेदन पठाएको पत्रकार तिवारीले बताए ।
उनले आर्थिक वर्ष २०७२÷०७३ मा सुनौलो हजार दिन कार्यक्रमका लागि आएको करोडौको बजेट कुन गाबिसमा, कुन शिर्षकमा र कुन व्यक्तिमार्फत कहिले बितरण गरीएको हो, साथै आर्थिक वर्ष २०७२÷०७३ मा जिबिस बाराले कुन पदमा, कहिले देखि, कति तलब दिनेगरी, कति जना कर्मचारी नियुक्त गरीएको हो सो को बारेमा समेत निवेदन मार्फत सुचना माग गरेका छन् ।



