House_of_rameshwar_pasi
हुलाकी न्यूज, काठमाडौं १२ जेठ ।
मधेशीहरुले सहयोगका लागि गठन गरेको हेल्प मधेश कतार शाखाले मधेश आन्दोलनका सहिद परिवारलाई दोस्रो पटक सहयोग गरेको छ ।

दोस्रो चरणको सहयोग अनुसार १० जना सहिद परिवार तथा घाइतेलाई हेल्प मधेशले सहयोग गरेको छ ।

सहिदका बालबच्चाको अध्ययन तथा जिवन यापनाका लागि हेल्प मधेशले सहयोग जारी राख्ने हुलाकी न्यूजलाई जनाएको छ ।
यसअघि पनि पहिलो चरणमा हेल्प मधेशले सहयोग गरेको थियो ।

दोस्रो चरणमा सहिदहरु अमित कापर, रामेश्वर पासी, राजकुमार बरै, राजेन्द्र कुमार राउत, विरेन्द्र कुमार विच्छा, नितु यादव, शैलेन्द्र कुमार श्रीवास्तव, सोहन साह, रामशिला देवी र जिउँदो सहिद विक्रम सहनीलाई आर्थिक सहयोग गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.