biratnagar-bus-park-
हुलाकी न्यूज, जनकपुरधाम १२ जेठ । यातायात स्वतन्त्र मजदुर संगठन जनकपुर अञ्चल कार्यमितिले चक्का जामको घोषणा गरेको छ ।

ट्राफिक प्रहरीले जरिवाना रकम बढाएको विरोधमा नेपाल मजदुर संगठन अंचल कार्य समिति जनकपुरले चक्काजामको घोषणा गरेको हो ।
संगठनले मंगलवार प्रेस विज्ञप्ति जारी गरी १३ गते विहीबार चक्काजामको घोषणा गरेको हो ।

ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युन्तम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागु गरेको छ ।

तर सरोकारवालाहरुसंग भएको अन्तरक्रियाको क्रममा गृह मंत्रालयले तत्काल निर्णय कार्यान्वयन नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएपनि लागु गरिएको ऐन अनुसार जरिवाना रसिद काटन सुरु गरेपछि मजदुर संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रेड युनियन महासंघ लगायतले १३ गते आफना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिने घोषणा गरेको स्थानीय जनकपुर टुडले जनाएको छ ।

संगठनका जनकपुर अंचल अध्यक्ष रामदयाल चौधरीको अध्यक्षता तथा नेपाल ट्रेड युनियन महासंघको अंचल अध्यक्ष रामनरेश सिंहको प्रमुख आतिथ्यमा आयोजित बैठकमा विभिन्न संगठनमा आवद्ध मजदुरहरुको उपस्थिति थियो ।

file photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.