Sanghiya_gathabandhan
हुलाकी न्यूज, भक्तपुर ११ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले विरोधका कार्यक्रम अनुसार मंगलबार भक्तपुरमा प्रदर्शन गरेको छ ।

भक्तपुरको वसपार्कबाट निकालिएको रैली विभिन्न स्थानको परिक्रमा गरी न्यातपोलमा विरोधसभामा परिर्वतन भएको थियो ।

कांग्रेस, एमाले र माओवादीसहितका संविधान जारीकर्ता दलहरुले नयाँ संविधानमा उत्पीडित जनताको हक, अधिकार र पहिचान खोसेको बारे कार्यक्रममा सहभागीहरुले मनत्व्य दिएका थिए ।

सिंहदरबार र वालुवाटार घेराउ पछि गठबन्धनले उपत्यकाको विभिन्न स्थानमा विरोधसभा गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.