singha_durbar

हुलाकी न्यूज, काठमाडौं ११ जेठ । प्रधानमन्त्री केपीशर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मधेश मोर्चाका नेता अनुपस्थित भएका छन् ।

सिंहदरबारमा जारी बैठकमा मधेश समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्रीका साथै कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी छन् ।

केही दिनअघि मात्रै सरकारले मधेशी मोर्चालाई वार्तामा आउन औपचारिक रूपमै पत्र पठाएको थियो । तर, मोर्चाले अहिलेकै अवस्थामा वार्ताको कुनै औचित्य नभएको बताउँदै आएको छ ।

प्रधानमन्त्रीले केही दिनअघि बोलाएको सर्वदलीय बैठक पनि मधेशी मोर्चाले बहिष्कार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.