
हुलाकी न्यूज, काठमाडौं १० जेठ । मधेशको हुलाकी राजमार्गको स्थलगत अवलोकन गर्न संसदहरु मधेशतिर लागेका छन् ।
साथै मधेशका जिल्लामा विकास आयोजनाको निरिक्षणका लागि व्यवस्थापिका संसदको विकास समितिले मध्य मधेशका जिल्लाको अनुगमन सुरु गरेको छ ।
समिति सभापति रवीन्द्र अधिकारी नेतृत्वको संसदीय समितिले सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न क्षेत्रमा विकास निर्माणका कामको अनुगमन सुरु गरेको हो ।
समितिले सोमवार सर्लाही र रौतहटका विभिन्न क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तरक्रिया गरेको छ ।
समितिले सोमवार सर्लाहीको हरिपुरमा स्थानीय नागरिकहरूसँग समेत अन्तक्र्रिया गरेको थियो ।
हुलाकी राजमार्गको स्थलगत अवलोकनपछि समितिले बुधवार वीरगञ्जमा अन्तरक्रिया आयोजना गर्ने सभापति अधिकारीलाई उधृत गर्दै लोकान्तरले जनाएको छ ।
अनुगमन समितिमा कांग्रेस सांसद रामचन्द्र पोखरेल, एमाले सांसद रामकुमार भट्टराई, रञ्जना कुमारी सरकार र बिचारी महतो लगायत छन् ।
समितिले यसअघि झापादेखि धनुषासम्मको जिल्लामा हुलाकी राजमार्गको स्थलगत अवलोकन गरेर प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको थियो ।
मधेशको समृद्धिको आधार मानिएको तराइको हुलाकी राजमार्ग समयमै सम्पन्न गर्न समितिले यसअघि सरकारलाई पटक–पटक निर्देशन दिएको थियो ।
तस्वीर: रवीन्द्र अधिकारीको ट्वीटर




sir just i want to request pls.this news brocast 15 people in saudi arabia in dammam city before 5 month suffering so many problems.because from nepal sidarth gautam manpower send these people.taken 110000 rupees director krishna kunwar and manager tulsi ram thapa.here untill now did not give salary because no company only broker manpower sold by broker.we have all document against sidarth gautam.pls.if i call these people said i can not do any thing so what will do pls,his office in chakra path onfront of SBI bank kathmandu.help sir.rupesh kumar chaudhary with 13 people.