Madhur-1
हुलाकी न्यूज, काठमाडौं ८ जेठ । नेपालको संविधानमा मधेशको व्यवस्था र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ ।

मधेश मानव अधिकार अमेरिकाको आयोजनामा भएको अन्तरक्रियामा विभिन्न क्षेत्रका बुद्धिजिवि तथा समाजसेवीहरुको उपस्थितिका साथै सायैंको संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा विश्लेषक सीके लालले नेपालको संविधान मानवका लागि नभएको बताउँदै यो संविधान जंगल राज्यको लागि भएको बताए ।
उनले नेपालबाट परिवारबाद हटेर नश्लबाद सुरु भएको बताए ।

मन्त्व्यको अन्त्यमा लालले मधेशीहरुले एक दिन सवेरा ल्याउने बताए । उनले भने ‘मधेशीका लागि सबेरा आउने होइन मधेशीले सबेरा ल्याउनेछ ।’

Madhur-2

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मधेशमा भएको दमनको अनुगमन भएकोमा राज्य तिलमिलाएको बताइन् ।

उनले दमनका प्रमाणहरु जुटाइएको र अव राज्यले कारवाही गर्नु पर्ने बताइन् ।

अन्सारीले संविधानमा महिला र पुरुषबीच विभेद गरिएको बताइन् ।

त्यस्तै अवधिवक्ता दिपेन्द्र झाले आन्दोलनमा राज्यबाट ३७ जना मधेशीको हत्या भएको भन्दै सबै मुद्दा अन्तर्राष्टि अदालतमा जाने बताए ।

कार्यक्रममा झाले भने, ‘मधेशीमाथि राज्यबाट भएको अत्याचारको हिसावकिताव हुनेछ । हामीले सबै रेकर्ड राखेका छौं ।’

झाले काठमाडौंका मधेशीहरु मौन बस्नु उपयुक्त होइन बताउँदै गाउँका मधेशीहरु बोरा लिएर आए तर काठमाडौंका मधेशीहरु नआएको प्रति दुःख व्यक्त गरे ।

कार्यक्रममा तुलानारायण साह, डा.डम्बरनारायण यादव, डा.रामदयाल राकेश, देवेन्द्र यादवसहितकाले मनत्व्य राखेका थिए ।

कार्यक्रममा मधेश मानव अधिकार (मधुर)बाट धीरज साह सहभागी थिए भने यादव सेवा समितिका अध्यक्षले कार्यक्रमको सभापतित्व गरेका थिए ।

Madhur-3

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.