Supporters of Federal Alliance, a coalition of Madhes-based parties and other ethnic political parties and organizations, protest against the constitution near Singha Durbar office complex that houses the Prime Minister's office and other ministries, in Kathmandu, Nepal May 15, 2016. REUTERS/Navesh Chitrakar

हुलाकी न्यूज, काठमाडौं ८ जेठ । मधेशीहरुले चार–चार पटक सिंहदरबार घेर्दा पनि अधिकार नपाएको वरिष्ठ पत्रकार सुकेश्वर पाठकले बताएका छन् ।

शनिबार एक कार्यक्रममा हुलाकी न्यूजसँग कुराकानी गर्दै पत्रकार पाठकले अहिलेभन्दा पचिस वर्ष पहिले पनि मधेशीहरुले सिंहदरबार घरेको बताउँदै अहिलसम्म अधिकार नपाएको बताए ।

पाठकले २०४७ साल पुस २९ गते स्व.गजेन्द्र नारायण सिंहको नेतृत्वमा पहिलो पटक मधेशीहरुले सिंहदरबार घेरेको स्मर्ण गर्दै त्यसबेला सिंहले कुटाईसमेत खाएको बताए ।

gajendra_babu

पाठकले त्यसबेला करिब डेढ सय मधेशी कुटिएको र घाइते भएको बताए ।

त्यस्तै मधेशी पेसाकर्मीहरुको आरक्षणको माग गर्दै काठमाडौंमा कपाल काट्ने नाईहरुले २०६३ सालमा सिंहदरबार घेरेका थिए ।
उनीहरुलाई सरकारले वास्ता गरेको थिएन ।

त्यस्तै मुक्त कमलरीहरुले केही वर्ष पहिले सिंहदरबार घेर्दा कुटिएका थिए । उनीहरुको उपचार अन्नपूर्ण न्यूरो अस्पतालमा भएको थियो । मुक्त कमलरीहरुलाई रोजगारको व्यवस्थाको माग गर्दै उनीहरुले सिंहदरबार घेरेका थिए ।

Kamlari_girls_protesting_in_Kathmandu_Grid7

त्यस्तै अहिले संघीय गठबन्धनले सिंहदरबार घरेको बताउँदै पाठकले यसलाई पनि सरकारले वेवास्ता गरेको बताए । पाठकले चार चार पटक सिंहदरबार मधेशीले घेर्दा समेत सरकारले अहिलेसम्म कुनै माग पुरा नगरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.