sadbhawana-1
हुलाकी न्यूज, काठमाडौं ८ जेठ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय नेताहरुसहित विभिन्न जनवर्गीय संगठनका नेताहरु सदभावना पार्टीमा प्रवेश गरेका छन् ।

फोरमका केन्द्रीय सदस्य पल्टन ठाकुरसहित करिब एक दर्जन नेताहरु सदभावनामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई सदभावना अध्यक्ष राजेन्द्र महतोले सदस्यता प्रदान गर्दै पार्टीमा भित्रियाएका छन् ।

सदभावना पार्टीमा प्रवेश गर्नेहरुमा केन्द्रीय विभागका सदस्य अशोक कुमार यादव, रोजगारी तथा श्रम विभागकी सदस्य मधुमाया यादव, महिला फोरमकी सहकोषाध्यक्ष डा.रिना यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका सचिव विनोद विश्वकर्मा र पेशाकर्मी महासंघका सदस्य सुरेश गुप्ता रहेका छन् ।

उनीहरुसँगै करिब एक दर्जन अन्य नेताहरु सदभावनामा प्रवेश गरेका छन् । फोरम नेपाल मधेशीको हकहितमा काम नगरेको आरोप लगाउँदै उनीहरुले सदभावनामा प्रवेश गरेको जनाएका छन् ।

Rajinama

मधेशी ट्रेड युनियन महासंघ सदभावनामा

मधेशी ट्रेड युनियन महासंघ औपचारिक रुपमै सदभावना पार्टीसँग आवद्ध भएको छ । शनिबार पत्रकार सम्मेलन गरी महासंघ सद्भावनामा आवद्ध भएको जनाएको छ ।

आफ्ना एक लाख ६५ हजार सदस्य र १५ वटा राष्ट्रिय संघहरुसहित महासंघ सदभावनामा आवद्ध भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
Tred_unin

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.