Lumbini_3
हुलाकी न्यूज, कपिलवस्तु ८ जेठ । स्वतन्त्र मधेश गठबन्धनका २२ जना कार्यकर्ता लुम्बिनीबाट पक्राउ परेका छन् ।

शनिबार दिउँसो लुम्बिनीमा बुद्ध जयन्ती मनाईदै गरेको स्थलबाट पहिलो पटक १५ जना र दोस्रो पटक ७ जना गरी २२ जना कार्यकर्ताहरु पक्राउ परेको स्थानीय मानव अधिकारकर्मीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

स्थानीय प्रहरीका अनुसार कार्यक्रम स्थलमा स्वतन्त्र मधेशको नारा लगाएर अवस्था विगार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

कार्यक्रममा गठबन्धनका कार्यकर्ताहरुले स्वतन्त्र मधेश जिन्दावाद, सीके राउत जिन्दावाद जस्ता नारा लगाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बाँके र रुपन्देही जिल्लाका गठबन्धनका संयोजकहरु पनि रहेका छन् ।

पक्राउ पर्नेहरुमा
विजय यादव, नवलपरासी
विजय यादव, रुपन्देही
भगवान बनिया, रुपन्देही
सुर्दशन लोहार, रुपन्देही
विजय लोध, रुपन्देही
इनअहमद, बाँके जिल्ला संयोजक
भुपेन्द्र यादव, रुपन्देही जिल्ला संयोजक
राकेश गुप्ता, रुपन्देही
धर्मेन्द्र गुप्ता, रुपन्देही
लिलाप्रसाद पाल, रुपन्देही
प्रकाश पासवान, रुपन्देही
रामभवन हरिजन, कपिलवस्तु
चन्द्रशेखर सुनार, रुपन्देही
इन्साफ, बाँके
दिलिप यादव, रुपन्देही छन् ।
अन्यको नाम आउन बाँकी रहेको छ ।

Lumbini=1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.