Rajendra_mahato_hulaki
हुलाकी न्यूज, काठमाडौं ७ जेठ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलतरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनलाई वार्तामा आउन आह्वान गरेको छ ।

तर मोर्चाका नेताहरुले आफुहरुलाई औपचारिक जानकारी नआएको बताउँदै जानकारी आएको खण्डमा सरकारलाई औपचारिक जवाफ दिने बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वार्ताको नाउँमा बारम्बार नाटक गर्दै आएकोले अव ठोस कुरा हुने बताए ।

उनले यसअघि पनि सरकारले आवह्वान गरेको र त्यसमा औपचारिक धारणा दिइएको बताउँदै महतोले अव पनि पत्र आए त्यस्तै जवाफ दिने बताए ।

महतोले मोर्चाभित्र छलफल गरेर अवको रणनीति तय गर्ने तयारी पनि भइरहेको बताए ।

शुक्रबारको मन्त्रिपरिषद् बैठक पछि सुचना तथा सञ्चार मन्त्री शेरधन राईले आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले आह्वान गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.