वृजराज कुशवाहा, नवलपरासी २८ भदौ । सोमवार नवलपरासीस्थित रामग्राम नगरपालिका भित्रै बैरिहवा गाउँमा परासीतर्फ आउँदै गरेको परासी क्याम्पस परासीको बसमा आगजनी भएको छ ।

आगजनीले लु १ क ९५६ नं.को स्कुल बस पूर्णरुपमा ध्वस्त भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनकारीले एक महिनाअघि रोकेपछि कुश्मामा रोकीराखेको सो बस फिर्ता ल्याउने क्रममा राती १ बजेको समयमा आगजनी गरिएको चालकले बताएका छन् ।

आन्दोलनकारीसँगको समन्वयमा एक महनिाअघि बीबीएसको परीक्षा दिलाउन परीक्षा केन्द्र चिसापानीसम्म विद्यार्थी ओहोरदोहोर गरीरहेको सो बसलाई आन्दोलनकारीले नै हिडनमा रोक लगाएका थिए । रोक लगाएपछि सो बस परासीदेखि ८ किलोमिटर दक्षिणमा पर्ने कुश्मा गाउंमा रोकीराखिएको परासी क्याम्पसका संचालक सुमन गोपाल आचार्यले बताएका थिए ।

विद्यार्थीको भविष्यका लागि आन्दोलनकारीकै सहमतिमा परिक्षार्थीहरु ओहोरदोहोर गरेको बसलाई आगजनी गरिएकोमा शिक्षाप्रतिको यस आक्रमणले आफुलाई र्माहत बनाएको आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.