
हुलाकी न्यूज, काठमाडौं ७ जेठ । नेपाली काँग्रेस बाहुबल र डनबादबाट चलेको भन्दै आदिवासी जनजातिसहितका नेताहरु पार्टी परित्याग गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रीय आदिवासी जनजाति नेताहरुसहित पाँच जनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
आदिबासी जनजाति विकास समितिका केन्द्रीय उपाध्यक्ष महेशकुमार कोर्मोचा, ओखलढुंगा काग्रेसका पूर्व उपसभपाति लक्ष्मिप्रसाद बाँस्कोटा, तरुण दलका पूर्व अध्यक्ष भक्तबहादुर कटवाल, क्रियाशिल सदस्यहरु प्रभुराम श्रेष्ठ र दिपबहादुर भुजेलले शुक्रवार संयूक्त पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा कोर्मोचाले सैद्धान्तिक विचलनको कारण पार्टी दिशाहिन बनेकोले यसले देश र जनता प्रतिको दायित्व पुरा गर्न नसक्ने देखेर आफनो ६ दशक लामो सहयात्रालाई तोडेको स्पष्ट पार्दै आजैको मितिबाट पार्टीको सबै पद र साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरे ।




J garyo saharai raamro garyo.
Galat kadam. Prajatantra ko yo yug maa prajaataaantrik party parityaag suhaaudo kura patakkai haina. Yug ko maag ho — prajaatantra. Prajaatantra ko laagi aajiban ladaai ladne Mahesh daai haru lai puna Party ma farkana anurodh.