हुलाकी न्यूज, काठमाडौं ७ जेठ । मधेशमा मानव अधिकारको अवस्था बारे शनिबार काठमाडौंमा बृहत्त अन्तरक्रियाको आयोजना गरिएको छ ।
मधेश मानव अधिकार अमेरिकाले आयोजना गर्न लागेको ‘नेपालको संविधानमा मधेश सम्बन्धी व्यवस्था र मानव अधिकारको अवस्था’ विषयक अन्तरक्रिया काठमाडौंको नयाँ बानेश्वरस्थित चौराशी व्यंजन रेष्टुरेन्टमा हुन लागेको हो ।
उक्त कार्यक्रममा विश्लेषक सीके लाल, मानव अधिकार आयोगकी मोहना अन्सारीलगायत मधेश मामिलाका जानकारहरुको सहभागिता रहनेछ ।
कार्यक्रम शनिबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म हुने आयोजकले हुलाकी न्युजलाई जनाएको छ ।
उक्त अन्तरक्रियाको टेक्स्ट लाईभ हुलाकी न्यूजमा पढ्न पाउनु हुनेछ ।



