
हुलाकी न्यूज, काठमाडौं ६ जेठ । मातृका यादव नेतृत्वको नेकपा (माओवादी) पनि माओवादीहरुको एकीकरण प्रक्रियामा सहभागी भएको छ ।
विहीबार माओवादीहरुको एकतापछि निर्माण भएको ‘नेकपा माओवादी केन्द्र’मा मातृका यादव पनि अटाएका छन् ।
एकता पछि हुलाकी न्यूजसँगको विशेष कुराकानीमा यादवले आफ्नो प्रधान मुद्दा मधेश नै रहने बताएका छन् ।
मधेशलाई अधिकार नदिइए नेपाल एकीकृत रहन नसक्ने बताउँदै यादवले भने,‘मधेश विनाको नेपाल परिकल्पना गर्न सकिदैन । मधेशले अधिकार पाए मात्र नेपालको एकता हुन सक्छ । होइन भने नेपालको एकता असम्भव छ । त्यसैले मेरो प्रधान मुद्दा मधेश नै हो । ’
यादवले भने,‘मधेशको माग पुरा गराए देशलाई अगाडि बढाउनु जरुरी छ । त्यसका लागि मधेशी पहाडीको एकताको आवश्यकता छ । त्यसैले एकीकरणमा गएका छौं ।’
‘मण्डले राष्ट्रवादीको चिन्तनअनुसार मधेश मेरो हो र मधेशी बाहिरिया हो भन्ने चिन्तन हटाउन जरुरी छ । त्यसैका लागि म संघर्ष गर्दैछु । मधेशी पहाडीको एकता गराएर नेपालको एकता कायम राख्न चाहान्छु ।’
यादवले आफु जहाँ भएपनि मधेशी र उत्पीडितको पक्षमा लड्दै आएको बताउँदै आगामी दिनमा पनि त्यही निरन्तर रहने बताए ।
अन्तिम समयमा एकीकरण प्रक्रियामा सहभागी भएका यादवको पहलमा अवधारणा पत्रमा मधेश आन्दोलन र मधेश आन्तरिक उपनिवेशका विषयमा चर्चा गरिएको छ ।




उपल्बध भए अवधारणा पत्र पनि पढ्न पाए हुन्थ्याे ??
मधेश बिनाको नेपाल कल्पना गर्न सकिँदैन तर विना नेपाल को मधेश कल्पना गर्न सकिन्छ ।