
हुलाकी न्यूज, काठमाडौं ६ जेठ । विश्व प्रख्यात साहित्यकार स्व.रविन्द्रनाथ टैगोरको जन्म जयन्तीको अवसरमा भारतीय दुतावास काठमाडौंले विशेष कार्यक्रम गरेको छ ।
बुधबार भारतीय राजदूतावास र वि.पी. कोइराला भारत–नेपाल फाउन्डेशनद्वारा काठमाडौंमा कार्यक्रम गरिएको छ ।
नेपाल–भारत मैत्री पुस्तकालयमा सिनेमाण्डुको २६ औँ शृङखलासँगै टैगोरको जन्म जयन्तीको अवसरमा उक्त कार्यक्रममा सत्यजीत रायले निर्देशन गरेको टैगोरका जीवनका महत्वपूर्ण घटनाहरुमा आधारित चलचित्रसमेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपाली चलचित्रका निर्देशक प्रकाश सायमीले टैगोरको जीवनी बारे प्रकाश पारेका थिए । सायमीले उटैगोरले भारतीय साहित्यमा पु¥याउनुभएको योगदान तथा नेपाली साहित्यमा त्यसको प्रभाववारे प्रकाश परे ।
उक्त कार्यक्रममा काठमाडौंका लेखक, कवि, सञ्चारकर्मी, यूवा तथा विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।




